सर्लाहीका विमल साहले बनायो विश्व रेकर्ड: पहिलो हारमोनियम डिजिटल ट्युनिङ विशेषज्ञ

२०८१ कार्तिक १८, आईतवार ०९:२९

जनकपुरधाम,१८ कार्तिक । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १३, श्रीनगरका विमल साहले वर्ल्ड बुक अफ रेकर्ड्समा आफ्नो नाम लेखाउन सफल भएका छन्। उनले संसारकै पहिलो हार्मोनियम डिजिटल ट्युनिङ विशेषज्ञको रुपमा सम्मान पाएका छन्। यस अवसरमा लन्डनस्थित वर्ल्ड बुक अफ रेकर्ड्सले उनलाई यो सम्मान प्रदान गरेको हो।

विमल साहको यो उपलब्धि न केवल नेपालको लागि गर्वको कुरा हो, तर उनले देशको सीमाना पार गरेर विदेशमा पनि चर्चा कमाएका छन्। उनको अनूठो कला र प्रयासले हार्मोनियमको प्रयोग र ट्युनिङमा नयाँ आयाम थपेको छ। साहले डिजिटल प्रविधिको उपयोग गर्दै हार्मोनियमलाई संगीतमा थप व्यवस्थित र आधुनिक बनाउन सफल भएका छन्।

उनको उपलब्धिले आगामी पुस्ताका संगीतकारहरूलाई प्रेरणा दिने विश्वास गरिएको छ। साहले भनेका छन्, “यो सम्मान मेरो व्यक्तिगत प्रयासको मात्र परिणाम होइन, मेरो समुदाय र संगीतप्रेमीहरूको सहयोगको पनि परिणाम हो।”

विमल साहको यो सफलताले संगीतका क्षेत्रमा नयाँ दिशा र अवसरहरू खोल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?