जनकपुरधाममा महावीर झण्डामहोत्सव शुभारम्भ,आज “बास कट्टी”

२०८१ कार्तिक २०, मंगलवार २२:१८

जनकपुरधाम,२० कार्तिक । जनकपुरधाममा श्री श्री १०८ श्री महावीर झण्डा महोत्सव २०८१ यहि आउँदो कार्तिक २४ गते शनिबारदेखि कार्तिक ३० गतेसम्म मुजेलिया पछियारी टोलमा धुमधामसँग मनाइने भएको छ। महोत्सवको संयोजन श्री जनचेतना युवा क्लब र श्री जयमाहिशमती युवा कमिटीले गरिरहेका छन् भने आयोजकका रूपमा मुजेलिया समाज-१४ रहेको छ।

यस महोत्सवलाई भव्य र सफल बनाउन विभिन्न तयारी र व्यवस्थापन कार्यहरू भइरहेका छन्। आजको दिन विशेष रूपमा “बास कट्टी” कार्यक्रम सम्पन्न भएको छ, जसमा स्थानीयबासी र समाजका विभिन्न सदस्यहरूको उत्साहपूर्ण सहभागिता रह्यो। महोत्सव अवधिभर विविध धार्मिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिनेछ जसले स्थानीय समुदायमा धार्मिक भावना प्रवर्धन गर्न साथै सामाजिक एकता र सद्भावलाई अझ मजबुत बनाउन मद्दत गर्नेछ।

श्री महावीर झण्डा महोत्सव, मुजेलिया पछियारी टोलमा परम्परागत रूपमा मनाइँदै आएको पर्व हो, जसले धर्म, संस्कृति र परम्परालाई सम्मान गर्दै सम्पूर्ण समुदायलाई एकजुट बनाउने उद्देश्य राखेको छ। सबैलाई महोत्सवमा उपस्थित भई महावीर भगवानको दर्शन गरि पुण्य लाभ लिन आयोजक समितिले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?