सर्लाहीमा युवकको हातखुट्टा बाँधेर झुण्ड्याईएको अवस्थामा शव फेला

२०८१ कार्तिक २३, शुक्रबार ११:२८

सर्लाही,२३ कार्तिक । सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका-४, डुमरियामा आज बिहान एक युवकको शव हातखुट्टा बाँधेर रुखमा झुण्ड्याईएको अवस्थामा फेला परेको छ। स्थानीय सिकिन्द्र रायका १९ वर्षीय छोरा धिरज रायको शव एक रुखमा झुण्डिएको अवस्थामा देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीको टोलि घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। मृतकको शव हेर्दा हात र खुट्टा बाँधेको अवस्थामा रहेकोले घटनालाई शंकास्पद मानिएको छ। प्रहरीले घटनाको पछाडिको कारण र सम्भावित संलग्न व्यक्तिहरुको पहिचान गर्न अनुसन्धानलाई तीव्र बनाएको छ। घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।

(बिस्तृत जानकारीका लागि प्रहरीको औपचारिक बयानको प्रतीक्षा गरिनुपर्नेछ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?