फोहोरमै डुबेको श्री एस.एल.पी. मावि महुकी पत्थरगाड़ा : १५०० विद्यार्थी हुदाहुदै सुनसान विद्यालय

२०८१ कार्तिक २६, सोमबार १६:४६

सप्तरी,२६ कार्तिक । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका-९ मा अवस्थित श्री एस.एल.पी. मावि महुकी पत्थरगाड़ा विद्यालयको दयनीय अवस्था अहिले सबैको चासोको विषय बनेको छ। विद्यालयमा १५०० भन्दा बढी विद्यार्थी दर्ता भएका छन् तर विद्यालयको फोहोर र अव्यवस्थित अवस्था देखेर कुनै पनि विद्यार्थीले विद्यालयको गेट नाघ्न चाहेका छैनन्।

विद्यालय परिसरमा फोहोरको डंगुर लागेका कारण पठनपाठन हुन नसक्ने अवस्था छ। फोहोर व्यवस्थापन नहुँदा र विद्यालय भवनको मर्मतसम्भारमा कुनै चासो नदिँदा यहाँको शैक्षिक वातावरणमा निकै असर परेको छ। बालबालिकालाई स्वच्छ र सुरक्षित वातावरणमा अध्ययन गराउनु पर्नेमा विद्यालय नै फोहोर र दुर्गन्धले भरिएको छ। यसको कारण अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउन डर मानिरहेका छन्।

अभिभावकहरुले समय समयमा विद्यालयको यस्तो अवस्था रहेको कुरा सम्बन्धित अधिकारीहरूलाई जानकारी गराइएको भए पनि अहिलेसम्म कुनै पहल भएको छैन। स्थानीय जनप्रतिनिधि र शिक्षा अधिकारीहरू यस विषयमा मौन देखिएका छन्। समुदायले धेरै पटक ध्यानाकर्षण गराए पनि समस्या समाधानतर्फ कुनै ठोस कदम चालिएको छैन।

अभिभावक र विद्यार्थीहरूको आक्रोशअभिभावकहरूले विद्यालय प्रशासन र स्थानीय निकायको लापरवाहीप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन्। विद्यार्थीहरूको अध्ययन तथा भविष्यलाई लिएर चिन्तित अभिभावकले समयमै यो समस्याको समाधानको लागि अनुरोध गरेका छन्।

यस विषयमा थप जानकारी र दृश्य सामाग्रीको लागि आगामी भिडियो छिटै आउदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?