काठमाडौं,२७ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई बुटवल लगिएको छ ।
लामिछानेलाई बयानका लागि बुटवल लगिएको हो । उनलाई पोखराबाट बुद्ध एयरको जहाजमार्फत बुटवल लगिएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगीमा लामिछानेको संलग्नता रहेको आरोप छ । उक्त प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएको थियो






