देव दीपावलीको अवसरमा जलेश्वरनाथ मन्दिरमा दीप प्रज्वलन

२०८१ कार्तिक ३०, शुक्रबार २०:२९

महोत्तरी,३० कार्तिक । देव दीपावलीको पावन अवसरमा हिन्दू सम्राट सेनाको आयोजनामा जलेश्वरको ऐतिहासिक जलेश्वरनाथ महादेव मन्दिर परिसरमा विशेष दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। दीप प्रज्वलनका साथ भक्तजनहरूले भगवान शिवलाई विशेष पूजा अर्चना गर्दै दीपावली मनाए।

कार्यक्रममा हिन्दू परम्पराको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कदमहरू उठाउनुपर्ने विषयमा पनि चर्चा गरियो।कार्यक्रमका क्रममा हिन्दू सम्राट सेनाका स्थानीय प्रतिनिधिहरूले देव दीपावलीको महत्वबारे जानकारी गराउँदै धार्मिक सहिष्णुता र परम्पराको निरन्तरताका लागि यस्ता कार्यक्रमले ठूलो योगदान पुर्‍याउने उल्लेख गरे।

देव दीपावली भगवान शिवलाई समर्पित पर्व हो, जुन हिन्दू धर्मावलम्बीहरूले विशेष महत्वका साथ मनाउने गर्छन्। यो पर्वले धार्मिक एकता, सांस्कृतिक संरक्षण, र सामाजिक सद्भावको सन्देश पनि फैलाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?