महोत्तरीबाट २० हजार घुससहित नायव सुब्बा पक्राउ

२०८१ मंसिर ७, शुक्रबार १७:००

जनकपुरधाम,७ मंसिर ।  जील्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुव्वा अशोक यादव घुससहित पक्राउ परेका छन्।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० हजार घुससहित पक्राउ गरेको हो। पक्राउ परेका यादव जिल्ला प्रशासन कार्यालय महोत्तरीको मुद्धा शाखामा कार्यरत थिए।

सवारी ज्यान मुद्धामा सवारी धनीले जम्मा गरेको क्रिया खर्च रकम मृतकको हकवालाले पटक –पटक माग्न जादा यादवले घुस मागेको व्यहोरा सहित निवेदन अयोगमा परेपछि शुक्रबार आयोगबाट खटेको टोलीले यादवलाई सवारी ज्यान मुद्धामा मृत्यु भएका परिवारबाट लिएको घुस सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?