११ कार्तिक । विश्वकै धनाढ्य व्यक्ति एलन मस्कले सोसल मिडिया कम्पनी ट्विटर खरिद गरेका छन् । मस्कले ४४ अर्ब अमेरिकी डलरमा किनेका हुन् ।
अमेरिकी समाचार संस्था अनुसार मस्कले स्वामित्व लिएसँगै ट्विटरका प्रमख कार्यकारी अधिकृत (सिइओ) पराग अगवाल, प्रमुख वित्तीय अधिकृत नेड सेगल लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडेलगायत शीर्ष कर्मचारीलाई बर्खास्त गरेको जनाएको छ ।
मस्कले ट्विटरलाई निजी कम्पनीका रूपमा रूपान्तरण गर्दै मानवतालाई मद्दत गर्नका लागि आफूले ट्विटर किनेको बताएका छन् । मस्कले अब भने ट्विटरलाई वी च्याट र टिकटक जस्तो माध्यममा रूपान्तरण गर्ने बताएका छन् ।






