सर्लाहीमा ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो

२०८१ मंसिर ११, मंगलवार १५:३२

सर्लाही,११ मंसिर । सर्लाही जिल्लाको बलरा नगरपालिका–९, अचलगढमा मंगलबार बिहान भएको ट्याक्टर दुर्घटनामा चालकको ज्यान गएको छ। मृत्यु हुनेमा स्थानिय रुस्तम भनिने ३५ वर्षीय राजेश साह रहेका छन्।

दुर्घटना बिहान खेत जोतेर फर्कने क्रममा ट्याक्टर अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेपछि भएको हो। प्रहरीका अनुसार, साह आफैंले चलाएको ट्याक्टर उनको निजी सम्पत्ति थियो।

सर्लाही प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको जानकारी दिएको छ। यस घटनाले स्थानीयमा शोकको माहोल छाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?