रूपन्देही, १३ मंसिर । रुपन्देहीमा सवारी साधनको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका-८ भगतपुरवा बस्ने २५ वर्षीय छोटु सेख भन्ने ग्यासुदिन सेखको बिहीबार बिहान मृत्यु भएको हो ।
भगतपुरवास्थित सडकमा लुम्बिनीबाट रामापुर-कलौनीतर्फ जाँदै गरेको लु.२ च ४८६१ नम्बरको पिकअप गाडीको ठक्करबाट उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले पिकअप चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।






