जनकपुरधाम,१४ गते । नेपाल प्रिमियर लिग (एनपिएल) यहीँ शनिबारदेखि सुरु हुँदैछ। यस प्रतियोगितामा सहभागी जनकपुर बोल्टस् टिमको लोगोले सामाजिक सञ्जालमा चौतर्फी आलोचना खेपिरहेको थियो। लोगोमा जानकी मन्दिरको झल्को नदेखिएको भन्दै स्थानीय तथा समर्थकहरूले विरोध जनाउँदै आएका थिए।
यसै सन्दर्भमा, जनकपुर बोल्टस् टिमको फ्रेन्चाइजले एक भिडियो सार्वजनिक गर्दै लोगोमा जानकी मन्दिरको उपस्थिति प्रस्ट्याएको छ। भिडियोमार्फत टिमले लोगोको डिजाइनमा जनकपुरको ऐतिहासिक सम्पदा झल्किनेगरी तयार गरिएको उल्लेख गरेको छ।
फ्रेन्चाइजको अनुसार, लोगोको मध्यभागमा जानकी मन्दिरको वास्तुकला झल्काइएको छ। तर, यो कुरा प्रस्ट नहुँदा आलोचना बढेको भन्दै टिमले सबैलाई समझदारीका साथ प्रतियोगितालाई समर्थन गर्न अपिल गरेको छ।
जनकपुरको ऐतिहासिक र सांस्कृतिक महत्वलाई उजागर गर्ने उद्देश्यले तयार पारिएको यो लोगो तथा अहिले नयाँ रहेका अन्य डिजाइनहरूप्रति पनि अब समर्थको चासो बढेको छ।






