रौतहट,१६ मंसिर । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–३, देवाही टोलमा ३० वर्षीय छोरा रबिन बैठाले आफ्नै ७० वर्षीय बुवा कंचन बैठाको घाटीमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन्।
घटना आज बिहान भएको हो। धारिलो हतियारले प्रहारपछि कंचन बैठाको अवस्था चिन्ताजनक बनेको छ। उनलाई तत्काल उपचारको लागि वीरगञ्जस्थित अस्पताल पठाइएको छ।
प्रहरीले आरोपी रबिन बैठालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय देवाही गोनाहीमा राखेको छ। घटना किन र कसरी भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
स्थानीयले घटनाबारे चासो देखाइरहेका छन् भने यो घटनाले समाजमा घरेलु विवादको समस्या पुनः उजागर गरेको छ।






