एनपीएल फाइनल आज

२०८१ पुष ६, शनिबार ०९:२९

पुस ६ , शनिबार काठमाडौ

नेपाल प्रिमियर लिग (एनपीएल) ले पहिलो विजेता पाउन अब एक खेल मात्र बाँकी छ ।  लिग चरणमा शीर्ष दुईमै रहेका दुई टोली क्वालिफायर जित्दै फाइनलमा पुगेका हुन् । त्यसैले उत्कृष्ट दुई टोलबीच नै फाइनल पुगेको भन्न सकिन्छ ।

फाइनल जित्ने टिमले एनपीएलको आकर्षक ट्रफीसँगै नगद १ करोड १० लाख पुरस्कार पनि पाउनेछ । यो नेपाली खेलकुदमा कुनै पनि खेलको विजेताले पाउने सबैभन्दा ठूलो रकम हो । उपविजेताले पनि ५१ लाख हात पार्नेछन् । यस्तै प्लेअर अफ दी सिरिज (नेपाली खेलाडी) ले ओमोडा ई ५ कार पुरस्कार पाउनेछन् ।

सुदूरपश्मि र जनकपुर  क्वालिफायर वान मा भिडेका थिए जहाँ सुदूरले जनकपुरलाई हराएर फाइनल पुगेको थियो ।

एलिमिनेटरमा चितवन राइनोजलाई हराएर आएको कर्णाली याक्सलाई क्वालिफायर टु मा २ विकेटले पराजित गर्दै फेरि सुदूरसँगकै भेट पक्का गर्‍यो ।३१ खेलपछि सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स फाइनलका लागि भिड्न तयार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?