२० कार्तिक । इंग्ल्यान्ड अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गर्दा आयोजक राष्ट्र ततहा साविक विजेता अष्ट्रेलिया भने बाहिरिएको छ । शनिबार भएको खेलमा श्रीलंकालाई ४ विकेटले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुग्दा अष्ट्रेलिया भने बाहिरिएको हो ।
यस खेलमा श्रीलंका विजयी भएको खण्डमा अष्ट्रेलिया भने अन्तिम चारमा पुग्ने थियो । अष्ट्रेलियाको सिड्नीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । श्रीलंकाका लागि पाथुम निसन्काले ६७ रनको अर्धशतकीय पारी खेले भने भानुका राजपाक्षेले २२ रन बनाए । त्यस्तै कुशल मेन्डिसले १८ रन बनाई आउट भए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् । इंग्ल्यान्डका लागि मार्क उडले ३ विकेट लिए भने बेन स्टोक्स, क्रिस वक्स, साम कुरन र अदिल रशिदको भागमा समान १-१ विकेट रह्यो ।
१४२ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले १९ ओभर ४ बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको लागि एलेक्स हेल्सले ४७ रन बनाए भने बेन स्टोक्स ४२ रनमा अविजित रहे । यस्तै कप्तान जोस बट्लर २३ रन बनाई आउट भए भने क्रिस वक्स ५ रनमा अविजित रहे ।श्रीलंकाका लागि लाहिरु कुमार, धनन्जय डी सिल्भा र वानिन्दु हसरंगा डी सिल्भाले समान २-२ विकेट लिए ।
जितसँगै समूह १ को इंग्ल्यान्ड ५ खेलमा ७ अंक जोड्दै दोस्रो स्थानमा रहँदै अन्तिमम चरम प्रवेश गरेको छ भने ७ अंक जोडेको न्युजिल्याण्ड शीर्ष स्थानमा रहँदै समूह विजेता बन्दै सेमिफाइनलमा छ । इंग्ल्यान्ड विजयी भएसँगै साविक विजेता तथा आयोजक अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ । अष्ट्रेलिया ७ अंक जोडेपनि नेट रन रेटमा पछि पर्दा समूहको तेस्रो स्थानमा रहँदा ४ अंक जोडेको श्रीलंका चौथों, ३ अंक जोडेको आयरल्याण्ड पाँचौं र अफगानिस्तानले २ अंक जोड्दै पुछारमा रह्यो ।






