आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

२०७९ कार्तिक २०, आईतवार ०७:३२

२० कार्तिक। आफ्नै श्रीमती ३३ वर्षीया कल्पना खड्का राईको हत्या गरेको अभियोगमा ओखलढुङगा, सिद्धिचरण नगरपालिका-११ सोब्रु बस्ने सोलुखुम्बु नेचा सल्यान गाउँपालिका घर भएका ६१ वर्षीय राम बहादुर राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राम बहादुरले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीसँग सामान्य बाद विबादमा दाउराको चिरपटले टाउकोमा प्रहार गर्दा कल्पनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?