२२ कार्तिक । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड राय भालेकानोसँग स्तब्ध भएको छ । सोमबार राति भएको खेलमा रियल मड्रिड रायो भालेकानोसँग ३-२ ले स्तब्ध हुन पुग्यो ।
खेलको पाँचौं मिनेटमा सान्टि कमसानाले गोल गर्दै रायो भालेकानोलाई अग्रता दिलाएका थिए । तर, खेलको ३७ औं मिनेटमा रियल मड्रिडका लुका मोड्रिचले पेनाल्टी मार्फत गर्दै खेललाई १-१ कोबराबरीमा ल्याए । त्यस्तै खेलको ४१ औं मिनेटमा इडर मिलिटाओले गोल मार्फत रियल मड्रिड २-१ ले अघि रह्यो ।
तर, खेलको ४४ औं मिनेटमा राय भालेकानोका अल्भारो ग्रासियाले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए । त्यस्तै खेलको ६७ औं मिनेटमा राय भालेकानोका ओस्कार ट्रेजोले गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए । जितसँगै भालेकानो १३ खेलमा २१ अंक जोड्दै तालिकाको आठौँ स्थानमा छ भने १३ खेलमा ३२ अंक जोडेको रियल मड्रिड दोस्रो स्थानमा रहेको छ । जारी सिजनमा रियल मड्रिडको यो पहिलो हार हो ।






