२२ कार्तिक। नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज (मंगलबार) सुनको मूल्य ३०० रुपैयाँले घटेको हो ।
स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार रहँदा सोमबार रु ९४ हजार ३०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० रहेकामा सोमबार प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदी मूल्य भने स्थिर रहँदै आइतबारको मूल्य अनुसार नै कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २७५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।






