५० लाखभन्दा बढिको सामान बरामद

२०८१ माघ १५, मंगलवार १३:५८

वीरगञ्ज,१५ माघ:सशस्त्र प्रहरीले वीरगञ्जकोबाट ५० लाखभन्दा बढीको अवैध कपडा र हार्डवेयरका समानहरू बरामद गरेको छ।

अवैध रुपमा समानहरू भण्डारण गरी राखिएको सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र भन्सार कार्यालयको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका- १० आदर्शनगरस्थित एक गोदाममा छापा मारेको थियो। सोक्रममा अवैध रुपले गोदाममा भण्डारण गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा तथा हार्डवेयरका सामानहरू बरामद गरिएको हो।

बरामद गरिएका सामानहरूलाई आवश्यक कारवाहीको वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?