कस्तो छ आजको मौसम ?

२०७९ कार्तिक २६, शनिबार ०५:१२

२६ कार्तिक । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (शनिबार ) प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १,बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यसैगरी आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १,बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा विषेश सावधानी अपनाउन र तापक्रममा कमी आउने सम्भावना भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?