२६ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन् । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई कप्तान नियुक्त गरेको हो ।
राष्ट्रिय टिमका निवर्तमान कप्तान सन्दीप लामिछानेले नाबालिगलाई बलात्कारको आरोप लागेपछि निलम्बनमा परेपछि रिक्त रहेको राष्ट्रिय टिमको कप्तानमा क्यानले रोहितलाई नियुक्त गरेको हो । नेपालले यही कार्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । यसअघि सन्दीप कप्तान हुँदा रोहित उपकप्तान थिए ।
नेपालले पहिलो एकदिवसीय कार्तिक २८ मा, दोस्रो एकदिवसीय कार्तिक ३० मा र तेस्रो एकदिवसीय मंसिर २ मा खेल्नेछ । त्यस्तै क्यानले शुक्रबार नै टिमको घोषणा गरेको छ । जसमा नेपाली टोलीमा पहिलो पटक हरिशंकर साहले पनि स्थान बनाएका छन् ।
नेपाली टोली :
रोहित पौडेल(कप्तान), ज्ञानेन्द्र मल्ल,करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्र सिंहे ऐरी, आसिफ शेख, भिम सार्की,कमल सिंह ऐरी, सागर ढकाल, हरिशंकर साह, आदील आलम, अर्जुन साउद, गुलसन झा ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, भीम सार्की। कमल सिंह ऐरी, आदिल खान, अर्जुन साउद र गुल्सन झा पनि टोलीमा छन् ।







