स्टुडेन्ट एकेडेमी कोचिङ सेन्टरमा भव्य सरस्वती पूजा सम्पन्न

२०८१ माघ २२, मंगलवार १७:१७

जनकपुरधाम,२२ माघ । सरस्वती पूजाको अवसरमा स्टुडेन्ट एकेडेमी कोचिङ सेन्टरमा भव्य रूपमा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यालय तथा कोचिङका विद्यार्थीहरूले साँस्कृतिक प्रस्तुति दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ का वडा अध्यक्ष राघवेन्द्र प्रसाद साह रहनुभएको थियो। वरिष्ठ अतिथिका रूपमा पत्रकार महासंघ मधेस प्रदेशका सचिव हदिस खुद्दार तथा अतिथिहरू चेम्बर अफ कमर्स धनुषाका सलाम राइन, इजाज अन्सारी, र पत्रकार साजन कुमार यादवको उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूलाई सम्मान सहित प्रशंसा पत्र प्रदान गरिएको थियो।

सोही अवसरमा कोचिङ्ग तथा स्कुलका विद्यार्थीहरुको तेस्रो त्रैमासिक परीक्षाको नतिजा पनि सार्वजनिक गरिएको थियो।

स्टुडेन्ट एकेडेमी कोचिङ सेन्टरका संस्थापक तनविर रेजा राइनले समाजमा शिक्षा विकासका लागि शुलभ शुल्कमा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो। साथै, मुस्लिम समुदायको भए पनि सम्पूर्ण धर्मप्रति समान भाव राख्दै आफ्नै कोचिङ सेन्टरमा सरस्वती पूजाको आयोजना गरेको बताउँदै सबै धर्मको सम्मान गर्नु आवश्यक रहेको धारणा राख्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?