महोत्तरीमा दाइजोका लागि चिकित्सक श्रीमानबाट हिंसा

२०७९ कार्तिक २७, आईतवार १६:२०

महोत्तरीमा दाइजोका लागि घरेलु हिंसा गरेको घटना बाहिरिएपछि दोषीलाई कारवाही गर्नका लागि मधेशी आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।

महोत्तरीको औरही निवासी नेहा चौधरीको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो ।

उजुरी प्राप्त भएपछि आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै सो घटनामा के कसो भएको हो छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कारवाहीको प्रक्रिया अगाडी बढाउन र सो बारेमा आयोगलाई पनि जानकारी गराउन पत्र पठाएको छ ।

करिब ८ महिना अघि महोत्तरीको रामगोपालपुर घर भएको डा. पंकज चौधरीसंग विवाह भएको नेहा चौधरीलाई दाइजोको नाममा श्रीमान र ससुराली पक्षले शारीरिक तथा मानसिक यातना दिएको उजुरी आयोगमा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?