३० कार्तिक । घरेलु टोली नेपाल र भ्रमणकारी टोली युएईविरुद्ध दोस्रो एकदिवसीय खेल खेल्दैछ । आज (बुधबार) कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ ।
नेपाल आज युएईविरुद्धको जित निकाल्दै सिरिज बराबरी गर्ने योजनामा रहेको छ । युएई भने नेपाललाई पराजित गर्दै एक खेल अगाबै सिरिज आफ्नो बनाउने पक्षमा रहेको छ । सोमबार भएको पहिलो खेलमा नेपाल युएईसँग ८४ रनले पराजित भएको थियो ।
त्यसैले नेपाललाई सिरिज जोगाउन आज युएईविरुद्ध जित्नै पर्ने दबाब रहेको छ । तीन खेलको सिरिजमा युएई १-० ले अघि रहेको छ । युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल भने आगामी शुक्रबार हुनेछ । हेड टु हेडमा अहिसेसम्म यी दुई टिमबिच कुल ७ खेल हुँदा युएईले ५ खेलमा जित निकाल्दा नेपालले २ खेलमा जित हासिल गरेको छ ।






