नेपालगन्ज, डिउटीमा रहेका बेला नेपालगन्ज स्थित राझा विमानका सुरक्षा प्रमुख सई प्रेमसिंह भण्डारीको निधन भएको छ । हृदयघातका कारण मंगलबार बेलुका भण्डारीको निधन भएको हो ।विमानस्थलको सुरक्षामा खटिएका बेला भण्डारीको स्वास्थ्यमा समस्या देखिएको थियो । डिउटी गरिरहेका बेला उनी एक्कासी लडेपछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा लगिएको थियो ।अस्पताल पुगेको केहि समयपछि भण्डारीको निधन भएको थियो । भण्डारीको निधनले नेपाल प्रहरी संगठनलाई ठुलो क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।बैतडी घर भएका भण्डारीले राझा विमान स्थलको सुरक्षा सम्हालेदेखि थुप्रै सुधारका प्रयासहरु गरेका थिए । उनको निधन सिंगो नेपाल प्रहरीको लागि ठुलो क्षति भएको जिल्ला प्रहरी कार्यालयका डिएसी रामप्रसा घर्तीले बताए ।





