ADVERTISEMENT

पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

२०७९ मंसिर १, बिहीबार ११:१३

१ मंसिर । घरेलु टोली नेपाल पाकिस्तानविरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा विजयी भएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले पाकिस्तानलाई १-० को गोल अन्तरले हराएको हो ।

नेपालका लागि अञ्जन विष्टले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा खेलको ८२ औं अञ्जनले गोल गर्दै गरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले सुनिल बलको लामो पासमा उत्कृष्ट गोल गरेका थिए । त्यसपछि थापा समयमा दुवै टोलीबाट गोल भएन र दशरथ रंगशालामा ५० औं खेल खेलेको नेपाल विजयी भयो ।

नेपालको लागि अञ्जनको लागी यो ११ औं अन्तराष्ट्रिय गोल हो । उनी सर्वाधिक गोलकर्ता हरि खड्का र निराजन राइमाझी भन्दा दुई गोलले पछि रहेका छन् । अञ्जन खेलको प्लेयर अफ द म्याच समेत चुनिए । पाकिस्तान फिफाको प्रतिबन्धपछि करिब ३ वर्षपछि पहिलो पटक मैदानमा उत्रिएको हो । नेपालले पाकिस्तानलाई १४ वर्षपछि हराएको हो । नेपालले सन् २००८ पछि पहिलो पटक पाकिस्तानलाई पराजित गरेको हो ।

यस्तै पाकिस्तानविरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि ५० औं खेल समेत हो । नेपालले सन् १९८४ बाट आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुद दशरथ रंगशालामा खेलिएको पहिलो आधिकारिक खेल थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?