१ मंसिर । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज (बुधबार) सुनको मूल्य ४०० रुपैयाँले बढेको हो ।
स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार रहँदा बुधबार रु ९८ हजार ४०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० रहेकामा सोमबार प्रतितोला रु ९७ हजार ९०० मा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदी मूल्य पनि बुधबारको मूल्य भन्दा १० रुपैयाँले घट्दै एक हजार २८५ मा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २९५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।






