२ मंसिर । पाहुना टोली युएईले नेपाल सामू जितको लागि १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपाल र युएईविरुद्धको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत तेस्रो तथा निर्णायक खेलमा युएईले नेपाललाई जितको लागि १७७ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
काठमाडौँको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन बनायो । युएईका लागि आयन अफजल खानले अविजित रहँदै ५४ रनको अर्धशतकीय पारी खेले भने अलिशन शराफुले ३३ रन बनाए । त्यस्तै रोहन मुस्तफाले २४ रन बनाई आउट भए भने हजरत बिलाल २० रनमा अविजित रहे ।
९३ रन जोड्दा ९ विकेट गुमाएको युएईको इनिंग्स आयन र हजरतले अन्तिम विकेटका अविजि रहँदै ८३ रनको साझेदारी गरेक थिए ।नेपालका लागि गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान २-२ विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीको भागमा समान १-१ विकेट रह्यो । आज दुबै टिम जित निकाल्दै सिरिज जित्ने योजनामा रहेका छन् । नेपाल र युएईबीचको तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।







