मतदान स्थलमा प्रहरीले चलायो गोली

२०७९ मंसिर ४, आईतवार ०७:४०

रौतहटमा मतदानको क्रममा गोली चलेको छ । जिल्लाको गरुडा र गुजरा नगरपालिकाको बुथमा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।

क्षेत्र नम्बर ३ को गुजरा नगरपालिकाको मा.वि कनकपुर बुथमा १ राउण्ड र गरुडाको अमरपट्टीमा बुथमा दुई राउण्ड गोली चलेको हो ।

बुथमा असामान्य स्थिति सृजना भ‌एपछि प्रहरीले गोली चलाएको प्रवक्ता मल्लले बताए।

घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?