दलित समाज उत्थान समिती द्वारा भटौलिया हेल्थ पोष्टमा अपांग बालबालिकाहएउको शारीरिक चेकजाँच

२०८१ चैत्र २६, मंगलवार ०६:११

आर्जे इर्साद महोत्तरी –महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा वल्ड भिजन ईन्टरनेशनल नेपाल र दलित समाज उत्थान समिति (DSWCN) महोतरीको साझेदारीमा संचालित (PCESP) कार्यक्रम अन्तर्गत एकडारा गाउँपालिकाको वडा न १,२,३ र ४ लाई लक्षित गरी भटौलिया हेल्थ पोष्टमा स्वास्थ शिविर संचालन गरिएको छ।
शिविरमा अपाङगता भएका बालबालिकाहरुलाई प्रेरणा शारीरीक अपाङगता पुर्नस्थापना केन्द्र लालबन्दी, सर्लाहिको प्राविधिक सहयोगमा शारीरीक अपाङगता पहिचान तथा सहायक सामाग्रि नाप जाँच शिविर संचालन भएको छ ।
शिविरमा चार (४) ओटै वडामा रहेको सम्पुर्ण शारीरिक अपाङगता भएका बालबालिकाहरुको शारीरिक अपाङगता पहिचान तथा सहायक सामाग्रि नाप जाँच भएको छ ।
कार्यक्रमको अध्यक्षता कार्यक्रम संयोजक उतिम चन्द्र चौधरीले गर्नु भएको थियो भने वडा प्रमुख अतिथिको रुपमा पालिका स्वास्थ प्रमुख महेन्द्र मन्डल सहित प्रेरणाका Prosthetist & Orthotist मिन गुरुङ, पालिकाका आइटी सरबेन्द्र ठाकुर र वर्ल्ड भिजन, (DSWCN), तथा प्रेरणाका कर्मचारिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पालिका स्वास्थ प्रमुख मन्डलले आयोजक तथा टिमलाई धन्यवाद दिदै उहाँहरुले यस पालिकामा रहेका अपांग बालबालिकाहरुको स्वास्थ जाँच तथा पहिचान गरि आवश्यक सामग्रीहरु बितरण गर्नु हुन्छ त्यो अत्यन्तै लाभदायक कुरा हो साथै उहाहरुले गरेको कार्यक्रमले हाम्रो समुदायमा रहेका अपांग बालबालिका हरुलाई विभिन्न क्षेत्र जस्तै:- शिक्षा, स्वास्थ, रोजगारी, व्यबहार लगायतका अन्य सेवा सुबिधा प्रदान गर्न हामिलाई सहज हुनेछ, साथै यस्ता कार्यक्रमहरु अझै आओस भन्ने अशा पनि राख्दछु र यो संस्थाले प्रदान गरेको सेवा एकदमै सराहनीय छ भनी खुशी ब्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?