सल्यानका केही निजि प्राबिधिक कलेजहरु अबैध रुपमा संचालन भएको पाइएको छ । जिल्लाको शारदा नगरपालिका भित्र संचालित संकल्प प्राबिधिक कलेज, न्यु सल्यान टेक्निकल कलेज प्रा.लि., कालिका टेक्निकल कलेज प्रा.लि., लगायतका कलेज तथा टिउसन सेन्टर हरुले बिध्यार्थिहरुमा भ्रम फैलाएर संचालन गरेको पाइएको छ । जिल्लाको सारदा नगरपालिकामा रहेर कम्प्युटर तथा भाषाका विभिन्न कोर्स हरु संचालन गरीरहेका संकल्प प्राबिधिक कलेज, न्यु सल्यान टेक्निकल कलेज प्रा.लि., कालिका टेक्निकल कलेज प्रा.लि.ले गत आर्थिक बर्ष देखिनै (EDF) लघु उधम बिकाश सहजकर्ता को तालिम संचालन गर्दै आएको पाइएको छ । कम्प्युटर अपरेटरको लागि मात्र ctevt बाट सम्बन्धन प्राप्त उक्त ईन्स्टिच्युहरुले बिध्यार्थिलाइ भ्रमणमा पारेर EDF को समेत सम्बन्धन प्राप्त गरेको भन्दै गत शैक्षिक सत्रदेखी नै बिध्यार्थी माथी शैक्षिक व्यापार गरेको तथ्य प्राप्त भएको छ । एसै बीषयमा ctevt कर्णाली प्रदेशको कार्यालय संग बुज्दा समेत सम्बन्धन नलिएको र अहिले सम्बन्धनको लागि आवेदन दीएको तथ्य बाहिरीएको छ । तर यतिबेला गत शैक्षिक सत्रका बिध्यार्थीहरुको भविस्य के हुने भन्नेकुरा अन्योलमा परेको छ । हामिले उक्त कलेजमा अध्यनरत बिध्यार्थी संग यश विषयमा सोधदा कलेज संचालकले हामिलाइ ctevt बाट मान्यता प्राप्त कलेज भएको , रोजगारीको ग्यारेन्टी समेत भएको, १८ महिने कोर्स भनी भर्ना गराएको र अहिले सबै बुज्दा तेसो नभएकोले हाम्रो २ बर्ष नै खेर फालेर हाम्रो भविस्यमा नै गम्भीर रुपमा लापरबाही गरेको र अब हामी के गर्ने घर आमाबुबा समेत के भनेर सम्झाउने भन्दै चिन्ता व्यक्त गरेको छन ।जिल्लाको शारदा नगरपालिकाको श्रीनगरमा संचालन रहेको संकल्प प्राबिधिक कलेजले EDF को नाममा अबैध धन्दा संचालन गरेको छ । EDF को सम्बन्धन लिएर सम्बन्धनको आडमा विभिन्न अबैध काम गरेको पाइएको छ । सामान्यतया सम्बन्धन दीदा ctevt ले एक सत्र भित्र ४० जना र एक सिफ्टमा २० जनालाई तालिम संचालन गर्नुपर्ने , पाठ्यक्रम अनुसार अध्यन गराउनुपर्ने , १५ सय घन्टाको तालिम मात्र रहेको, कोर्सको रुपना यसलाई मान्न नसकिने, नागरिक बडापत्रमा शुल्क सहित सबैले देख्ने ठाउमा राख्नुपर्ने लगाएतका सामान्य नियम भएपनि कुनै सर्त पाल्ना नगरेको पाइएको छ । उक्त कलेजमा क्षमता भन्दा बडी बिध्यार्थी ८० जना लाई अध्यन गराइरहेको , जागीरीको ग्यारेन्टी गरीने १८ महिने कोर्स भएको , पाठ्यक्रम अनुसार अध्यन नगराएको, नागरीक बडा पत्र समेत नभएको , टिउसन कलासको नाममा ठगी गरेको तथ्य समेत प्राप्त भएको छन ।संकल्प प्राबिधिक शीक्षालयको बारेमा ctevt कार्यालयलाई सोधदा समेत अबैध रुपमा सम्बन्धनमा नभएको कार्यभएको र श्रावण ९ गते नै नयाँ भर्ना रोक्न परीपत्र जारी गरेको कुरा स्विकार्दै तत्काल अनुगमनमा समेत एउटा टोलि गएको जानकारी गराएको छ । शारदा नगरपालिका भित्र नै संचालनमा रहेको अर्को कलेज न्यु सल्यान टेक्निकल कलेज प्रा.लि.ले समेत अबैधानिक रुपमा EDF को सम्बन्धन नै नलिएको र भर्ना गराइ अध्यन गराइरहेको र नयाँ भर्ना समेत गरीरहेको तथ्य बाहिरीएको छ । सारदा नगरपालिका भित्रनै संचालनमा रहेको अर्को कलेक कालिका टेक्निकल कलेजले समेत अबैध रुपमा संचालन रहेको तथ्य बाहिरीएको छ । ctevt बाट सम्बन्ध समेत नलिएर नयाँ भर्ना गरीरेहेको र श्रावण महिना भित्रनै भर्ना गर्न समेत बिध्यार्थिलाइ १५% अफरको पासो देखाएर ठगीरहेको तथ्य प्राप्त भएको हो । यश विषयमा हामिले बुज्न खोज्दा आकाश तीवारीले समेत गल्त भएको स्विकार् गरेकाछन । यी सबै कलेजको विषयमा कलेजहरुको यो ठगी धन्दा कहिले सम्म हेरेर बस्ने भनी सारदा नगरपालिकाको शीक्षा शाखामा कार्यरत कर्मचारी शिव प्रसाद गौतमलाइ सोदेका थियौ । जसको जवाफमा गौतमले अनुगमन र कार्वाहीको पाटो हामी संग नजोडीने भएकोले तेता तिर ध्यान जान नस्केको भएपनि स्थानीय सरकारको हैसियतले आउदा दिनमा अनुगमन गरेर कार्वाहिको लागि सिफारिस गरीने बताएकाछन । SEE पछि बिध्यार्थी हरु सामान्यतया आफ्नो भविस्यको लागि कुन कुराको अध्यन गर्ने भन्नेकुराको फैसला लिन नसक्ने भएकोले साना बालबच्चालाई विभिन्न प्रलोभनमा पारेर यो वा त्यो पढ्नुस भनेर गरीने सबै काम शैक्षिक ब्यापारभन्दा अरु हुनै सक्दैन । SEE पछि बिध्यार्थिको भविस्यको लागि पनि यस्ता ठगी हुने स्थानको सहि समयमै कार्वाहीको दाहेरमा ल्याएर कार्वाही गरीनु पर्छ ।






