राष्ट्रिय खेलकुद परिषद् राखेपका पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहको निधन

२०७९ मंसिर १५, बिहीबार १४:३८

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहको निधन भएको छ ।बिहीबार थापाथलीस्थित नर्भिक अस्तालमा उनको निधन भएको हो ।ब्याडमिन्टनको ६ पटकको राष्ट्रिय च्याम्पियन उनी नेपाल जिम्न्याष्टिक संघको सह–अध्यक्षको जिम्मेवारीमा थिए ।स्व. किशोरबहादुर सिंहका एक छोरी र श्रीमती छन् । उनको अन्त्येष्टि शुक्रबार पशुपति आर्याघाटमा गरिने राखेपका निमित्त सदस्य–सचिव अञ्जन धमलाले जानकारी दिए ।धमलाले शोक वक्तव्य निकालेर सिंहको निधनको खबरले सिंगो खेल जगतका साथै राष्ट्रिय खेलकुद परिषद् परिवारलाई दुखी तुल्याएको बताएका छन् ।राखेपले सिंहको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना पनि व्यक्त गरेको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?