मोटर साईकल चोरी गर्ने ७ जना पक्राउ l

२०७९ मंसिर १६, शुक्रबार १२:५९

श्रृंखलाबद्ध तरिकाले मोटर साईकल चोरी गर्ने गिरोह पक्राउ सम्बन्धमा ( ७ जना पक्राउ र ५ वटा मो.सा. बरामद )जनकपुर नगर क्षेत्र लगायत धनुषा जिल्लाका विभिन्न स्थानहरूमा विभिन्न मितिमा श्रृंखलाबद्ध तरिकाले चोरी भएको ५ वटा मोटरसाईकल बरामद गरि निम्न स्थान वस्ने निम्न ७ जना मानिसहरूलाई पक्राउ गरि चोरी सम्बन्धी मुद्दा शिर्षकमा म्याद थप गरि थप अनुसन्धान कार्य भई रहेको ।वारदात मिति र स्थानहरू१.) मिति २०७९।०८।०५ गते अं. राति २३;०० बजेको समयमा जिल्ला धनुषा मिथिला बिहारी न.पा. वडा नं. ६ स्थितबाट घर अगाडी पार्किङ गरि राखिएको प्रदेश २-०२-००३ प. ०९६५ नं. को सुपर स्पलेण्डर मो.सा. चोरी भएको ।२.) मिति २०७९।०८।११ गते राति अं. २१३० बजेको समयमा जिल्ला धनुषा ज.उ.म.न.पा. वडा नं. १९ बेङगासिवपुर स्थित रहेको महराजा पार्टी प्यालेशको कम्पाउण्ड भित्रबाट बा. ९४ प. ५७९४ नं. को १५० सि.सि. को पल्सर मो.सा. चोरी भएको ।३.) मिति २०७९।०८।१४ गते अं. दिउँसो १४;०० बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा. वडा नं. ४ स्थित जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी पार्किङ गरि राखेको अवस्थामा ज.९प. ४८७८ नं. को टि.भी. यस. अपाचे मो. सा. चोरी भएको ।४.) मिति २०७९।०८।१५ गते राति अं. १०;३० बजेको समयमा जिल्ला धनुषा ज.उ.म.न.पा. वडा नं. १ पुलचोक स्थित घर अगाडी पार्किङ गरि राखेको अवस्थामा प्रदेश २-०२-२ प. ९३९४ नं. को १५० सि.सि. को पल्सर मो. सा. चोरी भएको,५.) मिति २०७९।०८।१४ गते राति २०;०० बजेको समयमा जिल्ला धनुषा ज.उ.म.न.पा. वडा नं. ७ स्थित अन्पुर्णा होटल अगाडी पार्किङ गरि राखेको अवस्था ९७२० नं. को FZ मो.सा. चोरी भएको ।पक्राउ परेका मनिसहरूः-१.) जिल्ला धनुषा मिथिलाबिहारी न.पा. वडा नं. ६ वस्ने वर्ष ३० को मनोहर कुमार यादव ।२.) जिल्ला महोत्तरी वलवा न.पा. वडा नं. ५ वस्ने बिक्की कुमार यादव ।३.) ऐ.ऐ. वडा नं. ४ वस्ने वर्ष २६ को विवेक कुमार झा ।४.) जिल्ला धनुषा जनकपुर उ.म.न.पा.वडा नं. १४ वस्ने वर्ष २१ को रूपेश यादव ।५.) जिल्ला सिरहा कल्यानपुर न.पा.-५ घर भई हाल जनकपुर वस्ने वर्ष १९ को नितेश यादव ।६.) जिल्ला धनुषा जनकपुर उ.म.न.पा. वडा नं. १६ वस्ने वर्ष १९ को गुलशन नदाफ ।७.) जिल्ला धनुषा जनकपुर उ.म.न.पा. वडा नं. १५ वस्ने वर्ष २२ को भरत साह ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?