पुजा पासवान -बरियापुर १ वैशाख _नेपाली काँग्रेसका केन्द्रीय सदस्य बिमलेन्द्र निधीले काँग्रेस सभापति श्ेरबहादुर देउवा सहमति अनुसार ओलीलाई सरकार चलाउन चाहेको हुदा वर्तमान सरकार नढल्ने बताएका छन ।
गढीमाई मन्दिरमा दर्शन गरे पश्चायत संचारकर्मीहरु संग कुरा गर्दै निधीले अहिलेको सरकार शुसाशन कायम गर्दै देशमा रहेका बिकृति बिसंगतिलाई चिरदै अगाडी बढी रहेको हुदा सरकार ढल्ने भनेर अपवाह मात्र फैलाएका हुन उनले बताए । अहिले सरकारलाई नेपाली काँग्रेसले ढाल्ने भने हल्ला निराधर, कलो कल्पीत रहेको निधीको भनाई रहेको थियो ।
नेपाली जनता सर्वोभसता सम्पन्न रहेको र देशको मालिक अहिले नेपाली जनता नै रहेको हुदा संघिय लोकतान्त्रिक गणतन्त्रको पक्षधरमा ९५ प्रतिशत भन्दा बढी जनता रहेको हुदा राजतन्त्र फर्कने कुरा दिवा सपना मात्र भएको निधीले बताए ।
केही समुहले मात्र बेमौसमको बाजा बजाएर राजा आउन्छ भने भ्रमको खेती गरिरहेको हुदा भ्रममा नपर्न सबै नेपाली नागरिकलाई आग्रह गरे । कुनै राजनितिक दल र तिनका कुनै नेता खराब हुदैमा सिगो पार्टी र नेता नै खराब हुन्छ भने भाष्य निर्माण गर्नु गलत रहेको बताउदै नेता निधिले भने । यसको अर्थ यो होईन कि सबै पार्टी ठिक , सबै नेता ठिक नै हो । पार्टी, नेतामा पनि केही कमीकमजोरीहरु रहेको हुदा जनताले खबरदारी गर्नु अन्यथा लिनुपर्ने कुरा नरहेको उनले प्रष्ट पारे ।
नेपाली काँग्रेस पार्टिको १५ औ महाअधिवेशन २०८३ सालमा हुने कुरामा शंका नगर्न सबैलाई आग्रह गरे । म उपसभापति भएको ब्यतिm अरु कुनै पद मेरा लागि बाकी छ भन्दै घुमाउरो परामा अगामी महाअधिवेशमा सभापतिमा उठने संकेत समेत दिए । संचारकर्मीहरुले सोधेको प्रशनमा उहाँले देउवाको आधिकारिक उम्मेदवार हुने कि स्वतन्त्र उठने १५ औ महाअधिवेशनले तय गर्ने बताए ।
महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गढीमाई मन्दिरको मायाको चिनो नेता निधीलाई गरेका थिए । गढीमाई मन्दिरमा नेता निधीलाई नगरप्रमुख उपेन्द्र यादव, नेपाली काँग्रेसका बाराका सभापति राजेशराय यादव, नेता रामानन्द यादव, नेपाली काँग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ का सभापति बिजयशंकर यादव, २ का सभापति रामप्रवेश यादव, ४ का सभापति सुनिल गुप्ता, काँग्रेसका महिला नेतृ बबिता जयसवाल लगायतकाले भब्य स्वागत गरेका थिए ।
परिवार सहित जनकपुरबाट गढीमाई मन्दिर आई पुगेका पुर्व उपप्रधान मन्त्री समेत रहेका निधीले गढीमाईको दर्शन गरि सबै नेपालीहरुलाई शुभकामना दिएका थिए ।






