
चन्दन रजक- मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं १ बन्दीपुर मा सडक ढलान कार्यको शिलान्यास गरेका छन्।
आज आयोजित एक समारोहमा मन्त्री साहलले सडक ढलानको शुभारम्भ गरेका हुन्। शिलान्यास कार्यक्रममा कर्जन्हा नगरपालिका नगरप्रमुख भोला प्रसाद पोख्रेल र सोही वडाका अध्यक्ष फडिन्द्र प्रसाद पोखरेल,विद्यार्थी जनमत सङ्घका जिल्ला अध्यक्ष अरविन सहनी, नन्देव यादव,रामरतन मुखिया लगायत स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।
शिलान्यासको क्रममा मन्त्री साहलले सडक निर्माण कार्यको गुणस्तर र समयमै काम सम्पन्न हुने कुरामा जोड दिएका थिए। उनले भने, “यस काममा कुनै प्रकारको लापरवाही वा ढिलाइ सहनयोग्य हुनेछैन। यदि काम राम्रोसँग भएन भने म कसैलाई पनि छोड्दैन,“ भनेका थिए।
स्थानीयवासीले सडक ढलान सुरु भएकोमा खुसी व्यक्त गरेका छन्। यो सडक ढलान सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई आवतजावतमा थप सहजता हुने विश्वास लिइएको छ।