३ दिने रेडियो एङ्करिङ्ग तालिम सञ्चाल भएकोछ ।

२०८२ बैशाख ८, सोमबार ०७:४३

जनकपुधाम  ८२/ वैशाख०८- महोत्तरी जिल्लाको जलेश्वरमा वल्ड भिजन ईन्टरनेशनल नेपाल र दलित समाज उत्थान समिति (DSWCN) महोतरीको साझेदारीमा ३ दिने रेडियो एङ्करिङ्ग तालिम सञ्चालन भएकोछ। तालिममा रेडियो अप्पन मिथिलामा कार्यरत कर्मचारिहरु द्वारा रेडियो सम्बन्धि विभिन्न किसिमका बिषयहरुमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा एकडारा गाउँपालिका र सम्सी गाउँपालिकाबाट बिद्यार्थीहरु सहभागी भएका थिए । प्रशिक्षकहरुले रेडियोको सामान्य परिचय तथा इतिहास , उत्पत्ति र उत्पादक लगायत रेडियो सम्बन्धि महत्त्वपूर्ण बिषयहरुको बारेमा अति नै सरलता का साथ प्रस्तुत हुनुभएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा दलित समाज उत्थान समिति नेपालका जिल्ला अध्यक्ष अजय पासवानले यो तालिम सम्पुर्ण ब्यक्तिहरुको जिवनमा आवश्यक रहेको देखिन्छ । सहभागीहरुलाई सम्बोधन गर्दै तपाईहरुलाई यो तालिमले अति नै सबल, सक्षम तथा लाभदायक साबित हुनेछ र आशा गरेकोछु कि तपाईहरु तालिम बाट प्राप्त गरेका कुराहरु आ आफ्नो समुदायमा रहेका मानिसहरु संग आदान प्रदान गर्नुहुन्छ ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा एकडारा गाउँपालिका नं २ का वडा अध्यक्ष सखी चन्द्र यादव, दलित समज उत्थान समितीका कर्मचारिहरु गौतम पाण्डे , माधव ठाकुर, सौरब लगायतका उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?