एकडारा गाउँपालिकामा संचालित संरक्षण समुदाय संलग्नता तथा स्पोन्सरशिप कार्यक्रम अन्तर्गत बालमैत्री स्थानीय शासन घोषणा प्रतिवद्धता समारोह भब्यताका साथ सम्पन्न

२०८२ बैशाख १०, बुधबार १६:३२

जनकपुरधाम०८२/ वैशाख १०- महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा न २ को आयोजनामा World Vision International Nepal र दलित समाज उत्थान समिति नेपाल ( DSWCN) को साझेदारीमा पालिकामा संचालित संरक्षण समुदाय संलग्नता तथा स्पोन्सरशिप कार्यक्रम अन्तर्गत विभिन्न अभियनका साथ बालमैत्री स्थानीय शासन घोषणा प्रतिवद्धता समारोह कार्यक्रम भब्यताका साथ सम्पन्न भएकोछ ।

संस्थाका अभियानहरु बाल विवाह मुक्त वडा, शत प्रतिशत जन्मदर्ता, शतप्रतिशत विद्यालय भर्ना, लागूपदार्थ दुर्वश्यनी अन्त्य, बाल कुपोषण अन्त्य, पोषणमैत्री शासन, पुर्णखोप, बालश्रम अन्त्य, बालमैत्री ब्यवहार र सम्मान लगायतका अभियानहरु रहेकोछ ।

कार्यकमको सभा अध्यक्ष दलित समाज उत्थान समिति नेपाल (DSWCN) को अध्यक्ष डेजि पाण्डे, प्रमुख अतिथि मधेश प्रदेश सरकार खेलकुद तथा समाज कल्याण मन्त्रि प्रमोद जयसवाल, विशेष अतिथि एकडारा गाउँपालिका अध्यक्ष दिप नारायण मण्डल, बिशिस्ट अतिथि WVI Nepal का EFOका Field Policy and Communication Lead प्रमिल अधिकारी विशेष अतिथि (DSWCN) को संस्थापक अध्यक्ष तथा व्यवस्थापन समितिको संयोजक सुनिल ठाकुर बाल मैत्रि अभियन्ता तिलोतम पौडेल अतिथि WVI Nepal का जिल्ला coordinator दिलिप यादव एकडारा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत योगेश कुमार यादव पुर्व गाउँपालिका अध्यक्षहरु, IRDS को Program Manager कुमार भण्डारी पालिका अन्तरगतका प्रत्येक शखा प्रमुखहरु कर्मचारीहरु तथा सम्पुर्ण वाडाध्यक्षहरु, (DSWCN) को सचिव अजय पासवान, सुरक्षाकर्मिहरु,संचारकर्मि रेडियो अप्पन मिथिलाको Rj Irshad,लगाएत सम्पुर्ण वडा सदस्यहरु, बालअधिकार समितिको पदाधिकारीहरु, कर्मचारीहरु,, वुद्धिजिवि समाजसेविहरु सहित हजारौंको संख्यामा उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि,विशेष अतिथि, अतिथि गणहरुलाई खादा मालाले स्वागत सम्मान गरि गमलामा पानि हालेर उदघाटन गरि उदघाटन गरिएको थियो ।

कार्यक्रमको उदेश्य माथि वडा न २ को वडा अध्यक्ष सखि चन्द्र यादवले प्रष्ट गरेकाथिए ।

कार्याक्रममा (DSWCN) को अध्यक्ष हाम्रा प्रतिवद्धताहरु बाल विवाह मुक्त वडा, शत प्रतिशत जन्मदर्ता, शत्प्रतिशत विद्यालय भर्ना, लागूपदार्थ दुर्वश्यनी अन्त्य, बाल कुपोषण अन्त्य, पोषणमैत्री शासन, पुर्णखोप, बालश्रम अन्त्य, बालमैत्री ब्यवहार र सम्मान हो भन्दै जानकारी गराइन ।संयोजक उतिम चन्द्र चौधरीले कार्यक्रमको बारे जानकारी दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?