समाजमा रहेका तेस्रो लिङ्गिहरुको पनि सम्मान हुनुपर्ने: मेयर साह

२०७९ मंसिर २०, मंगलवार १४:५९

सुमित, जनकपुरधाम
जनकपुरधाम उप महानगरपालिका का मेयर मनोज साहले समाजमा रहेका तेस्रो लिङ्गिहरुको पनि सम्मान हुनुपर्ने धारणा राख्नु भयो । मंगलवार जनकपुरधाममा महिला सहिद दिवसको अवसरमा महिला मानव अधिकार रक्षक संजाल तथा नागरिक संवाद केन्द्र को समन्वयमा आयोजित सम्मान कार्यक्रममा जनकपुरधाम उप महानगरपालिका का मेयर मनोज साहले समाजमा रहेका तेस्रो लिङ्गिहरुको पनि सम्मान हुनुपर्ने बताउनु भयो। उहाले महिला र पुरुस लगायत अपांग मात्र सम्मानित हुनेगरेको तर तेस्रो लिङ्गिहरुको चर्चा नभएको गुनासो गर्दै तिनीहरुलाई पनि सम्मान गर्न आग्रह गर्नु भयो।
कार्यक्रममा सहिद पत्रकार उमा सिंहलाइ सम्मान गर्दै उनको बारेमा चर्चा गरिएको थियो। उक्त कार्यक्रममा विभिन्न संस्थाहरु बाट महिला प्रतिनिधिहरुको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?