जेष्ठ १०,महोत्तरी / साजन कुमार। महोत्तरीको जलेश्वर नगरपालिकामा नगर स्तरीय बाल भेला कार्यक्रम सम्पन्न भएको छ।
रतौली युवा क्लव (RYC) र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित समुन्नति परियोजना अन्तरगत नगर स्तरीय बाल क्लवको समन्वय र पालिकाको आयोजनामा कार्यक्रम भएको थियो ।
जलेश्वरको बिभिन्न वडामा भेला सम्पन्न गरि आज पालिका स्तरीय बाल भेलामा पालिका भरीका ५० जना बालबालिकाहरूको सहभागिता रहेको थियो ।
बालबालिकाको सवालहरूमा छलफल गर्ने, बाल अधिकार बालबालिकासँग सम्बन्धित नीतिगत व्यवस्थाहरूको विश्लेषण गर्ने, स्थानीय स्तरमा विद्यमान बालबालिकाका सवालहरूको पहिचान गरी स्थानीय निकायको वार्षिक योजनामा समावेश गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको थियो ।
बाल भेलाले बालबालिकाहरू एक ठाउँमा जम्मा भई उनिहरुको सवाल,समस्या तथा अर्थपूर्ण सहभागितामा जोड दिने,योजना प्राथमिककरण गरी बालबालिकाहरूको सर्वोत्तम हित हुने गरी कार्य गर्ने अवसर सृजन गर्न कार्यक्रम गरीएको बताईएको छ ।
उक्त बाल भेलामा प्राथमिकिकारण गरिएका योजनाहरुमा बिधालयमा बिषयगत शिक्षक, राजमार्गमा जेब्रा क्रसिङ्गको ब्यबस्था, बिधालयमा फोहोर मैलाको ब्यबस्थापन, बिधालय समयमा डिजे बन्द गर्नुपर्ने र बाल बिवाह बारेमा जानकारी दिइएको थियो ।
कार्यक्रममा जलेश्वर नगरपालिकाका उपप्रमुख रौशन खातुनले भनिन्, “यस पाली हामी आर्थिक बर्षको अन्तिममा रहेको कारणले अर्को आर्थिक बर्ष देखि यस कार्यक्रममा आएको हरेक कुराको योजना बनाएर लागु गर्ने पनि बताउनु भयो”।
यस अघि पिपरा गाउँपालिकामा पहिलो पालिका स्तरीय बाल भेला सम्पन्न भइसकेको छ।






