जनकपुरमाधाम २० जेष्ठ- जनकपुरधाम, वडा नं. ८ – जनकपुरधामको प्रमुख धार्मिक र पर्यटकीय स्थल बिहाकुण्ड जाने मुख्य बाटो, वडाकार्यालय कै छेउको सडक खण्ड, लामो समयदेखि जर्जर अवस्थामा रहेको छ। खाल्डाखुल्डीले भरिएको यो बाटोमा महिनौँदेखि पानी जमेको अवस्था यथावत छ, जसले गर्दा दैनिक यात्रु, श्रद्धालु तथा पर्यटकहरूलाई गम्भीर समस्या भइरहेको छ।
स्थानियहरूका अनुसार यो बाटोबाट प्रदेशका मुख्यमन्त्री स्वयं पनि हप्तामा दुई पटक हिँड्ने गरेका छन्, तर सडक मर्मततर्फ न स्थानीय सरकारको ध्यान गएको छ, न त प्रदेश सरकारको नै। बाटोको अवस्था यति खराब छ कि पैदल यात्रा गर्ने सर्वसाधारणलाई समेत हिँड्न मुस्किल पर्छ।
“जनकपुरलाई पर्यटकीय सहर बनाउने सपना कागजमै सीमित देखिन्छ,” एक स्थानीयले भने, “हामीले पटक–पटक गुनासो गर्यौँ, तर न त वडा कार्यालय सुन्छ, न प्रदेश सरकार। सबै मौन छन्।”
यो सडकखण्ड धार्मिक दृष्टिले अति महत्वपूर्ण मानिन्छ, विशेषतः बिहारकुण्ड जाने मुख्य मार्ग भएकोले यहाँ दैनिक सयौं भक्तजन आवतजावत गर्छन्। तर बाटोमा पनी र खाल्डा भएका कारण दुर्घटनाको जोखिम समेत बढिरहेको छ।
जनताले अब प्रदेश सरकार र जनप्रतिनिधिहरूसँग स्पष्ट जवाफको अपेक्षा गरेका छन्। स्थानीयवासीहरूको माग छ – “शब्द होइन, काम गरियोस्।”






