ADVERTISEMENT

जनकपुरधाममा एक्लो प्लास्टिक प्रयोग घटाउने सन्देशसहित विश्व वातावरण दिवस मनाइयो

२०८२ जेष्ठ २३, शुक्रबार ०७:३९

जनकपुरधाम,२३ जेठ ।  ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नाराका साथ जनकपुरधाममा विविध कार्यक्रमहरूमार्फत विश्व वातावरण दिवस मनाइएको छ। कार्ड नेपालको आयोजनामा, इयु फन्डेड ग्रीनसिप प्रोजेक्ट अन्तर्गत पार्टनर संस्थाहरू रिलेस्ट डिभलपमेन्ट नेपाल, क्रेसन र युथ इनोभेसन ल्याबको सहकार्यमा “एक्लो प्लास्टिकको प्रयोग घटाऔँ” भन्ने सन्देश बोकेको सचेतनामूलक र्‍याली आयोजना गरिएको थियो।

र्‍यालीमा जनकपुरधामका विभिन्न विद्यालयका करिब १०० जना विद्यार्थी, शिक्षक, अभिभावक तथा सामाजिक अभियन्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्रम कार्ड नेपालका प्रोजेक्ट अफिसर जनार्दन भण्डारीको नेतृत्वमा क्याम्प चौकबाट सुरु भई विद्यापति चौक, राम चौक, शिव चौक, भानु चौक, कदम चौक, मालपोत कार्यालय हुँदै पुनः क्याम्पस चौकमा कोणसभाका साथ समापन गरिएको थियो।

र्‍यालीमा विद्यार्थीहरूले विभिन्न नारा लेखिएका पोस्टरहरू प्रदर्शन गर्दै प्लास्टिक प्रदूषण विरुद्ध जनचेतना फैलाएका थिए।

कार्यक्रममा कार्ड नेपालकी संयोजक अन्जु कुमारी यादव, फोकल पर्सन श्याम साह लगायत सामाजिक अभियन्ताहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?