जनकपुरधाम-१४ रजौलमा नालामा फसेको गाइलाई युवाहरुको टोलीद्वारा सकुशल उद्धार

२०८२ जेष्ठ २३, शुक्रबार ११:११

जनकपुरधाम जेष्ठ २३ -जनकपुरधाम, वडा नं. १४, रजौल — स्थानीय दुर्गा मन्दिर नजिक आज बिहान एक गाइ नालामा फसेको अवस्थालाई देखेर तत्कालै उद्धारमा जुटेका युवाहरूको टोलीले गाई को ज्यान जोगाउन सफल भएका छन्।

चन्दन कुमार कर्ण, अम्बिका साह, अभिषेक यादव, ईश्वर जैक्सन, नरेश कुमार ठाकुर, विवेक सिंह र सञ्जय मण्डललगायतका युवाहरूको सक्रियतामा गाइलाई नालाबाट निकालिएको हो। घटनास्थलमा उपस्थित स्थानीय बासिन्दाहरूका अनुसार गाइ केही घण्टादेखि नालामा फसेको थियो र उठ्न नसकिरहेको अवस्थामा थियो।

तत्कालै युवाहरूले समन्वय गर्दै गाइलाई डोरीको सहयोगले तानेर नालाबाट सुरक्षित स्थानमा ल्याएका थिए। उद्धारपश्चात गाइको स्वास्थ्य अवस्था स्कुशल छन।

स्थानीयहरूले यस्तो मानवीय कार्यको खुलेर प्रशंसा गर्दै भने, “युवाहरूको यो सामाजिक भावना र तत्परताले समुदायमा सकारात्मक उदाहरण स्थापित गरेको छ।

यस घटनाले जनावरप्रतिको सहानुभूति र सामाजिक उत्तरदायित्वप्रति युवाहरूको चेतनशीलता झल्काएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?