सुनको भाउ तोलामा १ सय रुपैयाँले घट्यो

२०८२ जेष्ठ २६, सोमबार १४:३२

काठमाण्डौ,२६ जेठ – सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको एक लाख ९० हजार छ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार सात सय रुपौयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार एक सय ४५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?