सल्यानको सारदा नगरपालिकाले ऐलानी जग्गामा बनेका घर टहरा हटाउन ३५ दिने सुचना जारी ।।सल्यान जिल्लाकाे शारदा नगरपालिकाले सरकारी पर्ति ऐलानी जग्गामा बनेका घर टहरा हटाउने कार्य सुरु गरेको छ।
अहिले देशभर घना मानव बस्ती रहेकमा प्राय स्थानीय तहहरुले प्राथमिकताका साथ गर्दै आएको उक्त काम शारदा नगरपालिकाले पनि आफ्नो क्षेत्रमा सुुरु गर्न लागेको हाे।
अहिले पहिलो चरणमा शारदा नगरपालिका -१ श्रीनगर बजार नजिक अस्थाई बसपार्कको रुपमा रहेको सरकारी पर्ति ऐलानी जग्गामा अव्यवस्थित रुपमा बनेका घर टहरा हटाउन शारदा नगरपालिकाले ३५ दिने अल्टिमेटम दिएको छ।
गत १५ गते बसेकाे नगर कार्यपालिकाकाे निर्णय अनुसार उक्त क्षेत्रमा आधुनिक बसपार्क निर्माणका लागि सार्वजनिक जग्गा छुट्याई चार किल्ला निर्धारण गरि जग्गा नाप जाँच समेत भइसकेको भन्दै साेमबार नगरपालिकाले आफुले बनाएका टहरा हटाई आफ्नो सामानहरु व्यवस्थापन गर्न ३५ दिने सुचना सार्वजनिक गर्दै अल्टिमेटम दिएको छ।
उक्त समयवधि भित्र घर टहरा नहटाएकाे खण्डमा कानुन अनुसार कारबाही गरिने समेत नगरपालिकाले चेतावनी दिएकाे छ। उक्त क्षेत्रमा हटाउनु पर्ने घर टहरा ७५ वटा रहेकाे समेत नगरपालिकाले जनाएको छ





