रेबिका र दया आरसी को नयाँ धमाका: ‘रे पगली प्यार तोरा से होई ना कम’ सार्वजनिक

२०८२ असार १, आईतवार ०९:१०

जनकपुरधाम जेठ ३१ — चर्चित भोजपुरी गायक अलोक कुमार र लोकप्रिय गायिका शिल्पी राजको स्वरमा सजिएको नयाँ गीत ‘रे पगली प्यार तोरा से होई ना कम’ सार्वजनिक भएको छ। गायक–गायिकाको दमदार आवाज, आकर्षक अभिनय र मनमोहक छायांकनले गीतलाई थप प्रभावशाली बनाएको छ

 

गीतको शब्द सुभम सुरिलाले लेखेका हुन् भने गौरव रोशनले संगीत भरेका छन्। गीतलाई ए.आर. प्रोडक्सनले प्रस्तुत गरेको हो।

🎬 भिडियोको विशेष पक्षहरू

गीतको म्युजिक भिडियोमा दया आरसी र रेबिका अधिकारीको मुख्य भूमिका रहेको छ। साथमा अशोक सिंह, सम्राट ठाकुर, बीरेन्द्र यादव, सुभाष लगायत कलाकारहरूको अभिनयले भिडियोमा रंग भरिदिएको छ।

भिडियोलाई पवन पाठकले निर्देशन गरेका छन् भने पंकज काशिकले कोरियोग्राफी गरेका छन्। सुनिल गुप्ताको क्यामेरामा खिचिएको भिडियोलाई पीके स्टुडियोमा सम्पादन गरिएको छ।

डिआईको काम रोहित सिंहले गरेका छन् र पोस्ट प्रोडक्सन पनि पीके स्टुडियोमा सम्पन्न गरिएको हो।

गीतको डिजिटल पार्टनर RP Digital Media रहेको छ भने डिजिटल हेड रुपेश सिंह छन्।

गीतलाई The Bhojpuri Tune ले आफ्नो लेबलमा सार्वजनिक गरेको हो।

विशेष धन्यवाद: बिक्की पासवान, राजा राम, सुभाष, डिप, कृष्णा, रजित, आकाश, अमित, मनिष, सुभाष, रबिन र गुड्डु।

यो गीत दर्शक–श्रोतामाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?