चितवनमा भीषण सवारी दुर्घटना : ७ जनाको मृत्यु, १८ घाइते

२०८२ असार ७, शनिबार १२:२१

चितवन असार ७— पूर्व–पश्चिम राजमार्ग अन्तर्गत खहरे पुल नजिकै आज बिहान भएको एक भीषण सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।

 

धनगढीबाट काँकडभिट्टा जाँदै गरेको यात्रुबाहक बस र मकवानपुरबाट नारायणगढतर्फ आइरहेको एक ईभी माइक्रो गाडी एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। उक्त घटनामा १८ जना यात्रु घाइते भएका छन्।

 

प्रहरीका अनुसार मृत्यु हुनेमध्ये अधिकांश ईभी गाडीमा सवार यात्रु रहेको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाको थप विवरण र घाइतेहरूको अवस्था खुल्न बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?