चितवन सवारी दुर्घटनामा एउटै परिवारका ३ जनासहित ७ जनाको ज्यान गयो

२०८२ असार ८, आईतवार ०७:११

चितवन, असार ७ –चितवनको राप्ती नगरपालिका–११, खहरेपुल नजिक शनिबार बिहान भएको भीषण सवारी दुर्घटनामा परी एउटै परिवारका तीनसहित सात जनाको मृ’त्यु भएको छ।

मकवानपुरबाट नारायणगढतर्फ जाँदै गरेको EV गाडी र धनगढीबाट काँकडभिट्टातर्फ आउँदै गरेको यात्रुबाहक बस आपसमा ठोक्किँदा घटना भएको हो।

दुर्घटनामा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ कि ५३ वर्षीया मैंयाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेल, हेटौंडा-४ का ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहटको चन्द्रनिगाहपुर-६ की ३१ वर्षीया सिता कुमारी, इभी भ्यान चालक हेटौंडा -१० का राजु थिङ रहेको चितवन प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए।

दुर्घटनामा मृत्यु भएकाहरुमध्ये ४ जना मकवानपुरका रहेका छन्। जसमध्ये पनि तीन जना एउटै परिवारको रहेको पाइएको छ। मैंयाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेल तीनै जनाको मृत्यु भएको डीएसपी खनालले बताए।  प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?