असार ९ – महोत्तरी जलेश्वर, – हिन्दू सम्राट सेना जलेश्वर शाखाले आज जलेश्वर नगरपालिकाका नगर प्रमुख श्री सुरेश शाह सुनारलाई एक ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा जलेश्वनाथ महादेव मन्दिर परिसरमा जुत्ता–चप्पल निषेधको बोर्ड राख्न र श्रद्धालुहरूका लागि व्यवस्थित रूपमा जुत्ता–चप्पल राख्ने स्थान निर्माण गर्न माग गरिएको छ।
हिन्दू आस्था, संस्कृति र मन्दिरको पवित्रता जोगाउनुपर्ने आवश्यकता औंल्याउँदै हिन्दू सम्राट सेनाले मन्दिर क्षेत्रको व्यवस्थापनमा सुधार ल्याउन नगरपालिकाको ध्यानाकर्षण गराएको हो।
नगर संयोजक शिवम सनातनीको अध्यक्षतामा उक्त ज्ञापनपत्र बुझाइएको थियो। कार्यक्रममा हिन्दू सम्राट सेनाका अन्य पदाधिकारी तथा सदस्यहरूको पनि उपस्थिति रहेको थियो।






