गायिका एलिना चौहानद्वारा अभद्र कमेन्ट गर्नेहरूमाथि सार्वजनिक प्रतिकार, स्क्रिनसटसहित खुलासा गर्न थालिन्

२०८२ असार १२, बिहीबार ०८:४७

काठमाडौं  असार १२— गायिका एलिना चौहानले सामाजिक सञ्जालमा आफूविरुद्ध भइरहेका अभद्र टिप्पणी र अमर्यादित सन्देशका स्क्रिनसट तथा लिंकहरू सार्वजनिक गर्न थालेकी छन्।

बुधबार साँझ फेसबुक लाइभमार्फत प्रतिक्रिया दिँदै उनले पछिल्ला दिनमा सामाजिक सञ्जालमा बढ्दो मानहानीपूर्ण कमेन्टले मानसिक तनाव दिएको बताउँदै, “कमेन्टको अत्याचार अब सहन्न, भाइरल हुन मन लागेका आइज है,” भन्दै ती व्यक्तिहरूको नामैसहित खुलासा गर्ने चेतावनी दिइन्।

उनको अघिल्लो वैवाहिक जीवन र पूर्वश्रीमानसम्बन्धी टिप्पणी गर्ने प्रयोगकर्ताहरूलाई लक्षित गर्दै एलिनाले ‘अब पालैपालो सबैलाई सार्वजनिक गर्छु’ भन्दै एकप्रकारको सामाजिक प्रतिकार सुरु गरेकी छन्।

उनको यो कदमप्रति दर्शक तथा फ्यानहरूबाट समर्थन र चेतावनी दुवै प्रतिक्रिया आइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?