रिहा भएसँगै टिकटकर रमा बस्नेतलाई फेरि मुद्दा हाल्ने तयारी, युवराज सफलको चेतावनी – ‘माफी मागे मात्र बच्न सक्नेछिन्’

२०८२ असार १३, शुक्रबार १७:५५

काठमाडौँ असार १३ -भर्खरै हिरासतबाट रिहा भएकी टिकटकर रमा बस्नेत फेरि कानुनी फन्दामा पर्ने संकेत देखिएको छ। युवराज सफलले रमा बस्नेतविरुद्ध फेरि साइबर अपराध अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरिरहेका छन्।

सफलले आरोप लगाएका छन् कि रमाले उनीसहित धेरैको चरित्र हत्या गर्दै सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गरेकी छन्। “आफ्ना मान्छेका भजन-कीर्तन गरेर अरूको इज्जतमाथि प्रहार गर्ने छुट कसैलाई छैन,” उनले भने।

उनले केही यस्ता भिडियो आफैंले हेरेको उल्लेख गर्दै भने, “यस्तो काम गरेवापत उसले फेरि पनि सजाय भोग्नुपर्नेछ।” सफलले चेतावनी दिँदै भनेका छन् — “यदि उसले सार्वजनिक रूपमा माफी मागेको भिडियो पोस्ट गर्छिन् भने मात्र माफ गर्नेछु, नत्र अर्को मुद्दा हाल्नेछु।”

यससँगै टिकटकर रमा बस्नेत फेरि कानुनी संकटमा तानिने सम्भावना देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?