बालबालिकाको स्वास्थ्यमा केन्द्रित पहल – एकडारामा आँखा तथा कान स्वास्थ्य जाँच शिविर सम्पन्न

२०८२ असार १४, शनिबार २२:५४

आरजे इर्शाद शेख ,महोत्तरी – डिएसडब्ल्यूसीएन (DSWCN) को आयोजनामा तथा जलेश्वरस्थित आँखा प्राथमिक उपचार केन्द्र प्राविधिक सहयोगमा एकडारा गाउँपालिकामा आँखा तथा कान स्वास्थ्य जाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शिविर दर्ता भएका (RC) र दर्ता नभएका (non-RC) बालबालिकालाई लक्षित गरी संचालन गरिएको थियो। यस शिविरको आयोजना यस वर्षको फेब्रुअरी महिनामा सञ्चालन भएको प्रारम्भिक स्वास्थ्य परीक्षण शिविरको प्रतिवेदनको आधारमा गरिएको हो।

स्वास्थ्य परीक्षण शिविरमा पहिचान गरिएका बालबालिकाहरूको सहभागी संख्या उल्लेखनीय रह्यो।
आँखा समस्याबाट ग्रस्त ८ जना बालबालिका सबै परीक्षणका लागि उपस्थित भए।

कान सम्बन्धी समस्या पहिचान गरिएका १३९ जना बालबालिकामध्ये १३१ जना पुनः परीक्षणका लागि सहभागी भए।

शिविरमा परीक्षणपश्चात प्राप्त हुने प्रतिवेदनका आधारमा आवश्यक परेको अवस्थामा उपचार तथा चस्मा वितरण गरिने जानकारी आयोजकले दिएको छ।

कार्यक्रमका संयोजक उत्तिम चन्द्र चौधरीका अनुसार, “बालबालिकाको प्रारम्भिक स्वास्थ्य परीक्षणपछि आवश्यक परेका उपचार तथा परामर्श सेवाहरूका लागि यस शिविरको आयोजना गरिएको हो। स्वास्थ्य सेवाको पहुँच अझ सुदृढ बनाउने हाम्रो प्रयासलाई यस कार्यक्रमले सार्थक बनाएको छ।”

स्वास्थ्य सेवाबाट बञ्चित बालबालिकाहरूका लागि यस्ता शिविरहरू अत्यन्त प्रभावकारी सावित हुने बताउँदै आयोजक संस्था DSWCN ले आगामी दिनहरूमा पनि निरन्तर यस्ता कार्यक्रम सञ्चालन गरिने जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?